Friday, November 28, 2025

Set (Grade 8)

Set (समुह) आधुनिक गणितको एउटा आधारभुत आवधारण हो। यो अवधारणा गणितका लगभग प्रत्येक शाखामा प्रयोग हुन्छ। Set (समुह) को बारेमा जर्मन गणितज्ञ जर्ज कान्टर (१८४५-१९१८) ले चर्चा गरेका थिए। उनले पहिलो पटक "त्रिकोणमितीय श्रेणीका समस्याहरू" समाधान गर्ने क्रममा Set (समुह) प्रयोग गरेका थिए।

Georg Cantor



कक्षागत सिकाई उपलब्धी [10 TH]

  1. अलगिएका र खप्टिएका समूहहरू छुट्याउन
  2. दिइएको समूहको आधारमा उपयुक्त र अनुपयुक्त उपसमूहहरू पहिचान गर्न।
  3. दिइएको समूहको उपयुक्त र अनुपयुक्त उपसमूहहरू निर्माण गर्न ।

बिषयबस्तुको क्षेत्र र क्रम

  1. अलगिएका र खप्टिएका समूहहरू
  2. उपयुक्त र अनुपयुक्त उपसमूहहरू



Introduction of Set

समूह भनेको परिभाषित गर्न सकिने, निश्चित, र छुट्याउन सकिने वस्तुहरूको सङ्ग्रह हो, जसलाई अंग्रेजी वर्णमालाका ठूलो अक्षरले जनाइन्छ, जस्तै \(A, B, C … \)।
उदाहरणको लागी
\(A = \{a, e, i, o, u\}\) (1): The set of vowels
Set is a well defined collection of objects.
समूहमा "परिभाषित" भन्नाले सदस्यहरूलाई \(\in \text{वा} \notin \) प्रयोग गरि व्याख्या गर्न सकिने कुरालाई जनाउदछ। जस्तै, (1) मा दिइएको समूह \(A\) परिभाषित छ किनभने हामी भन्न सक्छौं की
\(a \in A , b \notin A\)
यँहा, \(\in\) को अर्थ "अन्तर्गत पर्छ" वा "सदस्य हो" भन्ने हुन्छ। यदि कुनै पनि कुरा दिएको समुहको सदस्य भएमा, हामी \(\in\) प्रयोग गर्छौं।र \(\notin\) को अर्थ "अन्तर्गत पर्दैन" वा "सदस्य होईन" भन्ने हुन्छ। यदि कुनै पनि कुरा दिएको समुहको सदस्य नभएमा, हामी \(\notin\) प्रयोग गर्छौं।जस्तै-
समुह \(A\) मा \(a\) पर्दछ, त्यसैले \(a \in A\)
समुह \(A\) मा \(b\) पर्दैन त्यसैले \(b \notin A\)

MEAN

Author & Editor

Mean Nepal

0 comments:

Post a Comment

Search This Blog